‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’ को उपाधि खेमराज र सिमरनलाई

Posted on: 13 Oct, 2018

असोज २७, काठमाडौं | ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’ को उपाधि खेमराज दुलाल र सिमरन श्रेष्ठले जितेका छन् । खेमराजले फोटोजेनिक सहित मिष्टर तर्फको शिर्ष उपाधि चुम्दा सिमरन क्याटवाक र फोटोजेनिक सहित मिस तर्फको शिर्ष बिजेता चुनिइन् ।

शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अबेरसाँझ सम्पन्न प्रतियोगीतामा मिस्टर टिन तर्फ र्यापवाक र फेसबुक च्वाइस टाइटल उपाधि सहित सन्तोस कुमार गुप्ता फष्टरनरअफ, कुमार राणा मिष्टर ट्यालेन्ट र पपुलर सहित सेकेन्ड रहनरअप घोषित भए । कार्यक्रममा किरण सापकोटाले भने पब्लिक च्वाइस र युट्युव बेष्टभियुर उपाधिमा चित्त बुझाउनु पर्यो ।

त्यस्तै मिस टिज तर्फ इसिका खड्का, प्रजिना मिश्र, उन्नती कटुवाल क्रमस फष्ट, सेकेन्ड र थर्ड रनरअफ घोषित भए । खड्काले बेष्टस्माइल, मिश्राले बेष्टस्पिच, कुटुवालले मष्टगर्जियस उपाधि समेत हात पर्दा अंजिता ठकुरी पब्लिक च्वाइस र फेसन आइकन उपाधि बिजेता बनिन् ।


यहि प्रतियोगीता अन्तर्गत भरोसा दाहालले मिस ट्यालेन्ट र फेसबुक च्वाइस, बर्षा सुनुवारले बेष्टडान्स, रिदीमा आरल शाही बेष्टस्कीन, मनिषा गिरीले मष्टपपुलर, म्यानेजमेन्ट च्वाइस र युट्युव बेष्टभ्युर, इश्वरी श्रेष्ठले मष्टफ्रेण्डी, प्रियंका सुब्बाले बेष्टफिजिक र इन्दिरा पन्थले मिस कन्जिनियालिटीको उपाधि हात पार्न सफल भए ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना तथा आशिष मिश्र कार्यक्रम निर्देशक रहेको समारोहमा ‘मिसेस युनिभर्सल नेपाल २०१८’ समेत छानिएको थियो ।

जसमा सुस्मा लामाले बेष्ट सिङ्गर सहित ‘मिसेस युनिभर्सल नेपाल २०१८’को ताज हासिल गरिन् । यहि प्रतियोगीता अन्तर्गत बेष्टडान्स सहित सुहिना अधिकारी फष्टरनरअप, बेष्टस्माइल सहित रिना खड्गी सेकेन्ड रनरअप र मिसेस ट्यालेन्ट, पपुलर र फोटोजेनिक सहित सम्झना बस्नेत थर्ड रनरअफ घोषित भए ।

अश्विनी कान्त झाको कोरियोग्राफी र सुचित फुयाल प्रस्तोता रहेको कार्यक्रममा हिमानी गाँह थापाले पब्लिक च्वाइस सहित फेसबुक च्वाइस र मष्टक्रियटिभ उपाधि आफ्नो पोल्टामा पारिन् ।

यहि प्रतियोगीतामा सुनैमी थापा राईले बेष्टर्याप वाक, देबी महर्जनले मस्टगर्जियस, दीपिका सुवालले बेष्टपर्सनालिटी र युट्युव बेष्टभ्युर, समि तामाङले भ्लोन बेष्टस्क्रिन, लक्ष्मी लामाले बेष्टहेयर उपाधि हात पर्दा सविना थापा म्यानेजमेन्ट च्वाइस बिजेता बनिन् ।

बिभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न प्रतियोगीतामा अभिनेता आयुस रिजाल, गजित बिष्ट, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल इन्टरनेसनल २०१७ बिजेता सुरुचि पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ की बिजेता एलिजा महर्जन निर्णायकको रुपमा रहेका थिए ।

सबै प्रतियोगीताको शिर्ष बिजेताले बिभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रुपमा प्राप्त गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!