निशान भट्टराईको ‘मंसिर महिनामा’ ट्रेन्डिङमा (भिडियोसहित)

Posted on: 15 Oct, 2018

असोज २९, काठमाडौं | नेपाल आइडल सिजन वानबाट चर्चामा आएका निशान भट्टराईको गीत ‘मंसिर महिनामा’ सार्वजनिक गरेका छन्।

उनको यो गीत पनि ट्रेन्डिङमा पर्न सफल भएको छ |

आर बि लामाको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन्।

गायक भट्टराई तथा मोडल अलिशा राई फिचर्ड रहेको उक्त गीतको भिडियो राम कुमार केसीले खिचेका हुन् ।

टेकेन्द्र शाही निर्देशित भिडियो मनोज बस्नेतको प्रोडक्सनमा तयार भएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!