नेपाल आइडलबाट बाहिरिएकी मेनुकाले भारतीय शोमा देखाईन यस्तो चमत्कार (भिडियो)

Posted on: 22 Oct, 2018

कात्तिक ५, काठमाडौं । नेपाली रियालिटी शो नेपाल आइडलबाट सांगीतिक बजारमा आएकी गायिका मेनुका पौडेलले भारतीय रियालिटी सोमा पनि उस्तै सुमधुर आवाज दिएर जजलाई स्तब्ध पारेकी छन्।

नेपाल आइडल कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि उनले आफ्नो सांगीतिक करियरलाई अगाडि बढाइरहिन्।

सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागिपरेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन्।

नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन्। शनिबार रातिमात्र जी टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छानिएकी छन्।

उनले लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है…’ गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरलेहरू आँशु झारेका थिए। उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरू र उपस्थित अन्यले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।

जजको रुपमा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे। उनको गायनमा शेखरले आफ्नो आँसु थाम्नै सकेनन्। ‘तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन,’ उनले भने ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!