चर्चित बाल गायक अशोक दर्जी दाङ आउँदै

Posted on: 25 Oct, 2018

कात्तिक ८, घोराही । पछिल्लो समय निकै चर्चाको शिखरमा पुगेका चर्चित बाल गायक अशोक दर्जी आउदो १६ गते शुक्रवार दाङ आउन लागेका छन । 

ब्रान्ड रुढ इन्टरटेट्मेन्ट प्रा.लि.को आयोजना हुन लागेको उक्त कार्यक्रममा असोक दर्जि सहित गायक तथा संगितकार टंक बुढाथोकी र उनका छोरा एवम गायक ए.आर. बुढाथोकी पनि आउन लागेका हुन्। प्रा.लि क अध्यक्ष सुनिल विसीले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि दिएका जानकारी अनुसार तिहारको पुर्व सन्ध्यामा हुन लागेको उक्त सांगितिक कार्यक्रममा अन्य कलाकारहरु मिस्टर आरजे, मोडेल निसा घिमिरे पनि आउन लागेका छन ।

‘मन विनाको धन ठुलो की धन विनाको मन’ भन्ने शिर्षक दिइएर गर्न लागिएको उक्त सांगितिक कार्यक्रममा जिल्लाका अन्य बाल कलाकारहरुले पनि स्टेजमा प्रतिभा देखाउने अवसर पाउने छन । 

एक दिन मात्रै हुने सांगितिक कार्यक्रममा विशेषगरि बालबालिकालाई अवसर दिने र विपन्न बालबालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने अध्यक्ष विसिले बताए । जसमा दाङ कै विकट विद्यालयको छनोट गरि अध्यक्ष कोषको स्थापना गर्ने सोच आफुले बनाएको उनले बताए ।

ब्रान्ड रुढ इन्टरटेट्मेन्ट प्रा.लि.एक म्युजिक कम्पनी हो र यसले विभिन्न गीतको बजार व्यवस्थापन र म्युजिक भिडियो निर्माणको काम गर्दै आएको छ । पटकपटक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!