ह्रस्व दीर्घको सफलतापछि एआइए स्कुलले ल्यायो यस्तो गीत (भिडियोसहित)

Posted on: 30 Oct, 2018

कात्तिक १३, काठमाडौँ । नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीतले पाएको ठूलो सफलता पछि फेरी सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत बजारमा आएको छ ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक रहेका शिक्षक विमल घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको थियो ।

त्यस्तै अहिले पनि एआइए स्कुलका प्रवन्ध निर्देशक घिमिरेको शब्दमा रहेको नयाँ तिहार गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द संरचना खगेश्वर गिरी गरेका छन् भने  कृष्ण प्रसाद गैरेले लेखेका छन् । संगीत राजकुमार (सरगन) घिमिरे रहेको छ । कलाकारको रुपमा एआइए स्कुल परिवार रहेका छन् ।

प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तिहारका देउसी भैलोको भाकामा तयार पारिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!