प्रियंकाको हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’को टिजर सार्वजनिक

Posted on: 01 Nov, 2018

प्रियंका चोपडाको हलिउड फिल्म ‘‘इजन्ट इट रोमान्टिक’को टिजर सार्वजनिक

कार्तिक १५ काठमाडौं । बिहेका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई फेरी अर्को खबरले चर्चामा ल्याएको छ । त्यो हो, उनले खेलेको हलिउड फिल्मको टिजर ।

उनको अभिनय रहेको हलिउड फिल्म ‘‘इजन्ट इट रोमान्टिक’को टिजर सार्वजनिक गरिएको छ । यो फिल्ममा प्रियंका योगा एम्बेसडरको भूमिकामा देखिने छिन ।

यो फिल्मा उनका अतिरिक्त रिबेल विल्सन, लायम हेम्सवर्थ र एडम डिवाइनको भूमिका रहेको छ । यो फिल्म सन् २०१९ को भेलेन्टाइन डेमा रिलिज हुने जनाएको छ । यो टिजरले भने तहल्लका मच्चाएको छ ।

यस अघि प्रियंकाले चर्चित टिभी शो ‘क्वान्टिको’मा अभियन गरेकी थिइन् ।

प्रियंकाको फिल्म ‘इजन्ट इट रोमान्टिक’को टिजर


यस बिषयमा तपाइको प्रतिक्रिया...!