मेलिना राईको डान्सिङ गीत 'मोहनी' सार्वजनिक (भिडियोसहित)

Posted on: 02 Nov, 2018

कात्तिक १६, काठमाडौ । नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा पुस्ताका प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । डान्सिङ गीत  “मोहनी ” मा फिचरिङ काजिश श्रेष्ठ र अञ्जली अधिकारीको रहेको छ । 

हेर्नुहोस भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!