प्रियंका चौपडा र निक जोनासले पाए बैबाहिक लाइसेन्स, यसबिना विवाह हुन्छ अवैध

Posted on: 09 Nov, 2018

कात्तिक २३, काठमाडौँ |  बलीवुड एक्ट्रेस प्रियंका चौपडा र अमेरिकी गायक निक जोनसले अमेरिकामा विवाहको लाइसेन्स पाएका छन् | यी जोडीले यसै बर्ष  डिसेम्बरमा विवाह गर्दैछन् | यस बर्ष अगस्टमा दुईको इन्गेजमेन्ट भएको थियो | 


वेबसाइट 'दब्लास्ट डट कम' को रिपोर्ट अनुअसार, पछिल्लो साता दुवै जना अमेरिका स्थित ब्रेवरी हिल्स कोर्टहाउस गएका थिए र त्यहाँ उनीहरुले लाइसेन्सको लागि आवश्यक कागजी प्रक्रिया पुरा गरेका थिए | 


रिपोर्ट अनुसार दुवै जनाले आफ्नो विवाहको लाइसेन्स डिसेम्बरमा भारत ल्याउने सोचिरहेका छन् र डिसेम्बरमा बिबाह गरेपछि उक्त लाइसेन्सलाई अमेरिकामा पेस गर्नेछन | यसको माध्यमबाट दुवै जनालाई दुवै देशमा उनीहरुको विवाह बैध मानिनेछ |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!