प्रियंका चोपडाको पहिलो नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

Posted on: 21 Nov, 2018

मङ्सिर ५, काठमाडौं | बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ । 

फिल्मलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । फिल्मले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको छ । 

इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुलाई फिल्ममा देख्न सकिन्छ । 

ट्रेलर हेर्नुहोस् :-


यस बिषयमा तपाइको प्रतिक्रिया...!