नेपाल आइडलको टप-७ बाट रुँदै बाहिरिइन् नीलिमा, सर्वाधिक भोट सुमितलाई

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौं | नेपाल आइडलको प्रमुख ७ प्रतिष्पर्धी पोखराकी नीलिमा थापा मगर शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन् । भर्खरै कक्षा १२ सकाएकी निलिमाले नेपाल आइडलको पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी थिइन् । 

निलिमाको औपचारिक स्वर र गायिकी स्वर गरि दुई थरी स्वरको जादु छ । सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन् । उनले नेपाल आइडलबाट बाहिरिएपछी नेपाल आइडलबाट बाहिरिए पनि आफ्नो गयिकीलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनेकि थिइन् । उनलाई फकाउन नेपाल आइडलका जजहरु स्टेजमै पुगेका थिए । उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएको भन्दै कार्यक्रमको खुलेर प्रशंसा गरिन् । नेपाल आइडलको बिहिबारको प्रस्तुतिबाट सर्वाधिक भोट सुमित पाठकले पाए भने अस्मिता अधिकारी  र विक्रम बराल बटम थ्रीमा परेका थिए । 

निलिमा बाहिरिएसँगै आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी गरि अब ६ जना छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!