किन कोठीमा पुगीन चर्चित मोडल आशा खड्का (हेर्नुहोस भिडियो)

Posted on: 24 Nov, 2018

मंसिर ८, काठमाडौं | गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । सर्वाधिक दर्शक तथा स्रोता रोजाईमा रहेका ख्याती प्राप्त कलाकारहरुको साथमा निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । 

बविता श्रेष्ठद्धारा निर्देशित गीतमा वियोगान्त  अवस्था र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ  । बविता श्रेष्ठद्धारा निर्देशित गीतमा मायामा परेका जोडीहरुले स्वार्थमा परेर आफनै बहिनीलाई कोठीमा पुयाएको प्रतिनिधि कथालाई समेटिएको छ । मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ । त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा धनको पछि लाग्दाको अवस्थालाई समेटिएको छ । प्रेम आले मगर र मनिष थापा मगरको शब्द सिर्जना तथा प्रेम थापा मगरको लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , भिडियोमा रहेको छ । ‘एक हजारको नोट’ गीतमा आशा खड्का , विमल अधिकारी , साया भण्डारी र राजन रसाइलीको अभिनय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!