आमा बनिन् नायिका युना उप्रेती

Posted on: 26 Nov, 2018

मङ्सिर १०, काठमाण्डौं | अभिनेत्री युना उप्रेती आमा बनेकी छिन् । उनि लामो समयदेखि अमेरिका बस्दै आएकी छिन् |


विकास अधिकारीसँग अमेरिकामै घरजम गरेर बसेकी युनाले नोभेम्बर २१ मा छोरीलाई जन्म दिएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गरेकी छिन् ।

युनाले फेसबुकमार्फत नै छोरीको नाम आफूहरुले साईरा राखेको पनि उल्लेख गरेकी छिन् । चलचित्र पर्खि बसे बाट नेपाली चलचित्र क्षेत्रमा आएकी नायिका युना उप्रेती कुनै समयकी नेपालकी चर्चित नायिका हुन् । सिनेमा पर्खि बसेँबाट डेब्यु गरेकी युनाले त्यसपछि हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ,  दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिसलगायतका सिनेमामा काम गरेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!