सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका निकै दर्दनाक ४० दिन !

Posted on: 28 Nov, 2018

सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका अनुसार ‘२.०’ को शुटिङका क्रममा ३८–४० दिन उनका लागि किन दर्दनाक थिए। त्यसको कारण थियो भिलेनको  भूमिकामा अभ्यस्त हुन उनले गर्ने मेकअप । अक्षयका अनुसार मेकअप गर्न दैनिक तीन घण्टासम्म बस्नुपथ्र्यो । मेकअप उतार्न साँढे दुई घण्टा लाग्थ्यो ।


अक्षयले आफ्नो शुटिङको अनुभव एक अन्तर्वाताका क्रममा सुनाए। ३८–४० दिनसम्म उनलाई खाना खानेसम्म समय नभएको उनि बताउछन् ।  शुटिङका क्रममा उनको पसिनाको बाढी नै आउँथ्यो।

अक्षय कुमारले एक अन्तर्वातामा भनेका छन्–जब मैले पहिलो पटक आफ्नो अनुहार हेरेँ, तब मैले सेल्फी खिचेँ। मेरो परिवार (श्रीमती र छोरा)पनि सँगै थियो । त्यही भएर मैले उनीहरुसँग सेल्फी थिएँ ।’ निर्देशक एस. शंकरको यो फिल्म २९ नोभेम्बरमा रिलीज हुँदैछ।

फिल्ममा अक्षय कुमार बाहेक रजनीकान्त र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । यो फिल्म २०१० मा रिलीज भएको एंथिरण (रोबोट) को सिक्वल हो । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!