धुर्मुस–सुन्तलीलाई ज्योतिषले दिए यस्तो सल्लाह

Posted on: 28 Nov, 2018

मङ्सिर १२, काठमाडौं | हाँस्यकलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरे यतिबेला चलचित्र निर्माणमा व्यस्त छन् | उनीहरुले निर्माण गर्ने सिनेमाको तयारी अन्तिम चरणमा पुगेको छ । सिनेमाको लागि कलाकार छनौट देखि अन्य कामहरु पनि अन्तिम चरणमा पुगेको र मंसिर १४ गते यो सिनेमाको आधिकारिक घोषणा गरिने भएको छ । सिनेमाको नाम भने फाईनल भईसकेको छैन ।  

यस अघि सिनेमाको नाम एन्टिभाईरस राखिने चर्चा थियो तर स र ग बाट सिनेमाको नाम राख्दा राम्रो हुने ज्योतिषीको सल्लाह भएका कारण अहिलेसम्म सिनेमाको नाम फाईनल हुन सकेको छैन ।

यो सिनेमामा धुर्मुस र सुन्तली नै मुख्य भूमिकामा रहनेछन् भने अन्य कलाकारको जानकारी १४ गते गराईने स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!