नयाँ म्युजिक भिडियो 'बाटै बाटो' सार्वजनिक (भिडियोसहित)

Posted on: 29 Nov, 2018

मङ्सिर १३, काठमाडौं | गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको 'बाटै बाटो' बोलको गीतमा गायक बिन्तिकुमार कै शब्दाव सुन्न सकिन्छ। गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन्। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ।

'जश्मिन क्रियशन'को प्रस्तुतीमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

हेर्नुहोस भिडियो : 


यस बिषयमा तपाइको प्रतिक्रिया...!