अविवाहित अभिनेत्री नम्रता भन्छिन् - 'निःसन्तान हुनुको पीडा भोगेँ'

Posted on: 29 Nov, 2018

मङ्सिर १३, काठमाडौं | अविवाहित अभिनेत्री नम्रता श्रेष्ठले निःसन्तान हुँदाको पीडा अहिले आफुले महशुस गरिरहेको बताएकी छन् । तर पनि उनले अहिले आफुले निःसन्तानको पिडा भोगेको बताएकी हुन् ।

अभिनेत्री नम्रताले निःसन्तान दम्पतीको पीडामा आधारित चलचित्र ‘प्रसाद’ मार्फत सो पिडा महशुस गरेको बताएकी हुन् । ‘सन्तान नहुँदाको पीडा यसपटक मैले राम्ररी बुझे’ नम्रताले भनिन्– ‘चलचित्रले मलाई सन्तानको महत्व समेत सिकायो ।’

‘मेरो एकजना दिदीले सन्तान दिन नसकेका कारण हामीसँग निकै दुखेसो गर्नुहुन्थ्यो’ उनले थपिन्– ‘जब ‘प्रसाद’मा मैले निःसन्तान पत्नीको भूमिका निर्वाह गरे । अनि मात्र दिदीको पिडाको महसुस भयो ।’ ‘निःसन्तान हुँदा पत्नीलाई जति पीडा हुन्छ, पतिलाई हुँदैन भन्ने मेरो धारणा थियो तर त्यो होइन रहेछ । पत्नी निःसनतानको पीडा पतिले पनि भोग्ने रहेछन् ।’

‘प्रसाद’ आगामी २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रले निःसन्तान दम्पतिको कथा बिषयको रुपमा उठाएको छ । 

चलचित्रमा उनको पति अभिनेता विपिन कार्की बनेका छन् । दिनेश राउतको निर्देशन रहेको यो चलचित्र पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा विपिन, निश्चल, नम्रतासँगै बसुन्धरा भुषाल लगायतका कलाकारको समेत अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!