नेपाल आइडलमा अब टप-५ को प्रतिष्पर्धा, जजहरु समेत भक्कानिए

Posted on: 30 Nov, 2018

मङ्सिर १४, काठमाडौँ | नेपाल आइडल सिजन २ को प्रतिष्पर्धाबाट पवन गिरी बाहिरिएका छन् । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलको टप-६ प्रतिष्पर्धी हुन् । 

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। अब नेपाल आइडलआमा उत्कृष्ट पाँच जना रहनेछन्, जसमा विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक छन् । 

नेपाल आइडलबाट बाहिरिएपछी गिरीले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार प्रकट गरे । साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचा गरे । 

यो हप्ता सुमित पाठक र अमित बराल बटम थ्रीमा परे । रवि ओडले भने यो हप्ता सबैभन्दा बढी भोट पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!