श्रृंखला खतिवडा मिस सिंगापुरसँग पराजित

Posted on: 02 Dec, 2018

मंसिर १६, काठमाडौँ । मिस नेपाल २०१८ कि बिजेता भई अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी नेपालकि श्रृंखला खतिवडा विश्वभर चर्चामा छन् । हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने सिंगापुरसँग पराजित भएकी छिन् ।

दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् । तर भेनिसा पेहले श्रृंखलालाई जित्न सफल भईन् ।

उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!