शाहरुख र सलमानको अभिनय रहने फिल्मबाट निकालिइन् दीपिका, यस्तो छ कारण

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काठमाडौं | निर्देशक सञ्जय लीला भन्साली अभिनेता शाहरुख खान र सलमान खानका साथ फिल्म बनाउने योजना बनाइरहेका छन् ।

खबरहरुका अनुसार भन्सालीको बजेटमा बन्ने उक्त फिल्म दिलीप कुमार र राजकुमारको चर्चित फिल्म ‘सौदागर’ को कहानी जस्तै हुने र यसमा सलमान खान र शाहरुख खान साथीको भूमिका निर्वाह गर्नेछन् । जुन मित्रता पछि दुश्मनीमा बदलिनछ । साथमा  उक्त फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण रहने बताइएको थियो । 


यस खबरले अभिनेत्री दीपिका पादुकोण पनि निकै खुशी भएकी थिइन् । तर अहिले सार्वजनिक खबरअनुसार दीपिकाको उक्त खुशी लामो समयसम्म रहन सकेन । भन्सालीको उक्त फिल्मबाट दीपिकाको नाम हटाइएको छ । फिल्म निर्माताले अब उक्त फिल्मका लागि अभिनेत्री अनुष्का शर्मालाई अफर गरेका छन् । 

यसरी दीपिकालाई फिल्मबाट हटाउनुलाई सलमान र दीपिकाबिचको सम्बधसँग जोडेर खबरहरु सार्वजनिक भएका छन । सलमान खानले यसअघि दीपिका पादुकोणलाई धेरै पटक फिल्ममा काम गर्ने अफर गर्दै आएका थिए । 

तर दीपिकाले सलमान खानको उक्त अफरलाई पटक पटक अस्वीकार गर्दै आइरहेकी थिइन् । सलमान खान स्वयम दीपिकालाई बलिउड फिल्म उद्योगमा डेब्यु गराउन चाहन्थे तर दीपिकाले डेब्यूको लागि अभिनेता शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ लाई चुनिन् । 

दीपिका र कट्रीना केफबिचको मनमुटावको कुरा समेत सलमानलाई चित्त बुझेको छैन ।

यी सब कुराका कारण हो वा अन्य अरु नै कारण दीपिका पादुकोणले भने भन्सालीको फिल्ममा काम गर्ने मौका गुमाइसकेकी छिन् । अब अनुष्का शर्माले उक्त अफरलाई स्वीकार गर्लिन् वा नगर्लिन् त्याे भने केही दिनमा थाहा हुनेछ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!