गायक डिजराज पौड्यालले ‘फूलबुट्टे सारीमा…’ सार्वजनिक (भिडियोसहित)

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काठमाडौं | गायक डिजराज पौड्यालले नयाँ गीत लिएर बजारमा आएका छन । ‘तिमी आउने बाटोमा…’, ‘तिमी करोडमा म त रोडमा…’लगायत युवापुस्ताको मुखमा झूण्डिएका गीतका गायक डिजराजले ‘फूलबुट्टे सारीमा…’ बोलको गीत आइतबार सार्वजनिक गरेका हुन । गीतमा डिलराजका शब्द, संगीत र स्वर रहेको छ ।

उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियोमा शुभम भुजेलको कोरियोग्राफी छ । समन अधिकारी निर्देशित भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ्ग, सन्तोष अधिकारी लगायतलाई फिचरिङ गरिएको छ । भिडियोलाई टंक केसीले छायाँकन गरेको हुन भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!