पुष्पन प्रधानको आवाजमा ‘समर लभ’को पहिलो रोमान्टिक गीत सार्वजनिक (भिडियो)

Posted on: 04 Dec, 2018

मङ्सिर १८, काठमाडौं | युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘साया...’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ भने शब्द तथा संगीत पनि पुष्पनकै रहेको छ । 

भिडियोमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्रीले फिचर्ड गरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। 

फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । 'नाइँ नभन्नू ल ३' फेम्ड निर्देशक मुस्कान ढकाल निर्देशित फिल्म भ्यालेनटाइन डेको छेको अर्थात माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । 

फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सह-निर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । 

फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादनको जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!