राजेश हमालका विचित्रका फ्यान: देउता फिल्म हेर्दा टिभी फुटाइदिए

Posted on: 04 Dec, 2018

मङ्सिर १८, काठमाडौँ | महानायक राजेश हमालका फ्यान हुन् उनी । हमाल भन्नासाथ उनी मरिहत्ते गर्छन् । मोरङ राजघाट दुर्गापुरीका हर्क तामाङ को न त राजेश हमालसँग चिनजान नै छ, न त उनी रिलेटिभ मान्छे नै हुन् । तर हमाल प्रति गर्ने माया र व्यवहारले सवैलाई आश्चर्य चकित बनाउँछ ।

कुरो १५ बर्षअघि हो, घरमा राजेश हमाल अभिनित देउतामा राजेश हमालको मृत्यु हुन्छ, त्यो दृश्य देख्नसाथ हर्कले राजेश हमालको मृत्यु भएको पीडा सहन नसकेर देउता फिल्मको सिडी र सिडी प्लेयर नै फुटाइ दिए । र उनी कोठामा बसेर रुन थाले, त्यस दिन खाना समेत खाएनन् रे उनले । किनकी उनलाई असह्य पिडा भयो ।


यति मात्र कहाँ हो र उनले राजेश हमाल अभिनित कुनै फिल्म हेर्न छुटाएको बिरलै मात्र छ । उनीसँग हमालद्वारा अभिनित चलचित्रको सिडीको थाक नै छ । राजेश हमाल नै मन पर्नुको कारण चाँहि के हो रु भन्ने प्रश्नमा हर्क भन्छन्— उहाँको अभिनय राम्रो छ, पढेलेखको र हेण्डसम पनि हुनुहुन्छ । भनिन्छ मानिसहरु समस्या र दुख पर्दा भगवानलाई सम्झन्छन् । यद्यपि, हर्कको भगवान भनेको नै हमाल हुन्, उनी हमालकै नाम पुकार्छन् । मेरो भगवान भनेको नै राजेश हमाल हो, हर्कले भने । कक्षा—५ सम्म अध्यनरत हर्कलाई राजेश हमाल एकदमै मनपर्छ भनेर गाँउघरमा सबैलाई थाहा छ । राजेश हमालको कुरा जोडेर उनलाई गिज्याउनेहरु पनि छन् । तर, आफूलाई राजेश हमालको नाम जोडेर जिस्काएको मन नपर्ने उनी बताउँछन् । हलमा राजेश हमालको फिल्म आउदैछ भनेर सुन्नासाथ फिल्म हेर्न हलमा पुगिहाल्छन् । 

सकेसम्म उनी राजेश हमालको मृत्यु भएको फिल्म नै हेर्न चाहदैनन् । राजेश हमाल मरेको थाहा भयो भने म त्यो फिल्म नै हेर्दिन् । उनले भने— मलाई राजेश दाई मरेको फिल्म हेराएर कति चोटी त रुवाएका छन् साथीहरुले। म राजेश दाई फिल्ममा मरेको हेर्न चाहान्न्  

राजेश हमालसँग उनको भेट्ने ठुलो धोको छ । यसलाई पुरा गर्न उनी एकचोटी काठमाण्डौ जाने सुरमा छन् । राजेश हमाललाई भेट भयो भने के गर्नुहुन्छ रु उनी भन्दै गए— नजिकैको साथीलाई म राजेश हमालसँग फोटो खिच्छु खिचिदिनुन भनेर अनुरोध गर्छु । अनि राजेश दाईलाई एकचोटी आफूसँग फोटो खिच्न अनुरोध गर्छु । यति भनि नसक्दै हर्क भावुक भए । उनले लामो खुई हाँन्दै भने — राजेश हमालसँग फोटो खिचेर सजाएर राख्ने मन छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!