प्रियङ्काको बिहेमा क्यामेरा/फोन समेत प्रतिबन्ध, पहिलो फोटो १७ करोडमा बिक्यो

Posted on: 04 Dec, 2018

मङ्सिर १८, काठमाडौँ (एजेन्सी) | बलिउड अभिनेत्री प्रियङ्का चोपडाको बिहेमा फोटो खिच्ने डरले क्यामेरा तथा क्यामरा भएको फोन समेत प्रतिबन्ध गरियो । 

यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए । 

अहिले यो तस्बिर सामाजिक सञ्जालमा तीब्र गतिमा भाइरल भइरहेको छ । तस्विरमा प्रियङ्का चोपडा र निक हिन्दू र क्रिश्चियन रीतिरिवाजबाट बिहे गरिरहेको देख्न सकिन्छ । 

बेचिएकै कारण प्रियङ्का र निकको बिहेको तस्बिर कहीँ कतै सार्वजनिक गरिएको थिएन । बिहेमा पनि पाहुनालाई क्यामेरा नभएको मोबाइल फोन मात्रै प्रयोग गर्न दिइएको थियो । 


समाचार अनुसार प्रियङ्का र निकले ड्रोनबाट फोटो खिच्ने सम्भावनातर्फ चनाखो हुँदै निशानेबाजलाई बन्दुकसहित बोलाएका थिए । दुवैको बिहे जोधपुरको उम्मेद भवन प्यालेसमा भएको हो । यस क्रममा शानदार आतिसबाजी गरियो भने बिहे क्रिश्चियन रीतिरिवाजबाट सम्पन्न भएको हो । 

दिल्लीको ताज प्यालेसमा आज प्रियङ्का र निकले आफ्नो पहिलो पार्टी दिइरहेका छ्न् । यस पार्टीमा दुवैका निकट साथी आएको खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!