नेपाल आइडल- २ को टप-६ टोली सहित अस्ट‍्रेलिया टुर घोषणा

Posted on: 05 Dec, 2018

मङ्सिर १९, अस्ट‍्रेलिया | चर्चित नेपाली गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ को अस्ट‍्रेलिया टुर घोषणा गरिएको छ । उक्त टुर आगामी जनवरीमा अष्ट्रेलियाको पर्थबाट सुरु भई तास्मनिया पुगेर अन्त्य हुनेछ ।

टुरको क्रममा अष्ट्रेलियाका बिभिन्न सहरहरुमा इभेन्टहरु हुनेछन । यस क्रममा नेपाल आइडलका टप-६ प्रतियोगीहरुको सहभागिता रहने जनाइएको छ ।


एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि हाल टप फाइभमा रहेका सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बराल छन् भने टप सिक्सबाट बाहिरिएका पवन गिरीलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको छ । 

इभेन्टका निर्देशक अभिरमानसिंह बस्नेतले अस्ट‍्रेलियाको मुख्य आठ सहरमा सांगीतिक प्रस्तुतिका लागि कार्यक्रम तय गरिसकेको जानकारी दिए । उनका अष्ट्रेलियाका बिभिन्न सहरहरु सिड्नी, पर्थ, ब्रिसवेन, मेलर्वन, तास्मनिया, क्यानवेरामा स्थानीय संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने तय भइसकेको छ । बाँकी दुई सहरमा पनि छिट्टै घोषणा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!