नेपाल आइडल सिजन–२ का टोलि अस्ट‍्रेलिया टुर जाँदै, को-को जाँदैछन् ?

Posted on: 05 Dec, 2018

मङि्सर १९,  काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ का टिम अस्ट‍्रेलिया टुर जाने भएका छन् । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ।

एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालको सहभागीता रहने भएको छ।

साथै टप सिक्सबाट बाहिरिएका पवन गिरीलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गराइएको आयोजकले जनाएको छ । इभेन्टका निर्देशक अभिरमानसिंह बस्नेतले अस्ट‍्रेलियाको मुख्य आठ सहरमा सांगीतिक प्रस्तुतिका लागि कार्यक्रम तय भएको जनाएका छन् । उनका अनुसार, सिड्नी, पर्थ, ब्रिसवेन, मेलर्वन, तास्मनिया, क्यानवेरामा स्थानीय संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने तय भइसकेको छ । अन्य दुई सहरमा पनि छिट्टै घोषणा हुनेछ |

विश्वमा सबैभन्दा बढी हेरिने टेलिभिजन सोमध्ये दोस्रो स्थानमा रहेको आइडलको दोस्रो सिजन अन्तिम चरणमा आइपुग्दा अझ रोमाञ्चक बन्दै गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!