चलचित्र 2.0 को छैटौं दिनसम्मको कमाई ८ अर्व, चीनका ५६,००० स्क्रीनमा देखाउन बाँकी

Posted on: 05 Dec, 2018

मङ्सिर १९, काठमाडौँ | चलचित्र 2.0 को आज छैटौं दिनसम्मको कमाई झन्डै ५ अर्व भारु अर्थात ८ अर्व पुगेको छ । 

साउथ इन्डियन सुपरस्टार रजनीकांत (Rajinikanth) र बलीवुडका एक्शन स्टार अक्षय कुमार (Akshay Kumar) को चलचित्र 'Robot 2.0' ले हालसम्मकै नयाँ रेकर्ड राख्दै भारतीय रुपयाँ ५०० करोड अर्थात नेपाली रुपयाँ करिव ८ अर्ब कमाई गरिसकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।  

विश्वभरीबाट ५ दिनसम्मको कलेक्सन अनुसार '2.0' फिल्मले एक साता पनि नबित्दै अनुमानित 500 करोड भारु कमाईसकेको आँकडा निकालिएको हो । रजनीकांत (Rajinikanth) को यो चलचित्रले पहिलो दिननै बक्स अफिसमार्फत (2.0 Box Office Collection Day 1) विश्वव्यापी 100 करोड भारु कमाएको थियो र ४ दिनसम्ममा 400 करोड भारुको कलेक्शन गरेको थियो । 

चलचित्रका ट्रेड एनालिस्ट रमेश बालाका अनुसार भारतमा मात्र सबै भाषाहरुको बक्स अफिस कलेक्शन जोड्दा यो चलचित्रले ३३७ करोड भारु र ओभरसीजमा ११७ करोड भारु कमाई गरेर अहिलेसम्मकै उच्च आँकडा चुम्न सफल भएको छ । 

आज छैटौं दिन चल्दै गर्दा यो चलचित्रले भोली बिहिबारसम्ममा कति कमाउँछ हेर्न बाँकी छ । यो चलचित्र २०१९ को सुरुवातदेखि चीनमा पनि रिलीज हुँदैछ । चीन सरकारले यो चलचित्र चीनमा चलाउन अनुमति दिएसँगै यो चलचित्र चीनको लगभग ५६,००० स्क्रीनमा देखाईनेछ । जसमध्य चीनका ४७००० स्क्रिनमा यो चलचित्र देखाईनेछ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!