सन्नी लियोनीले नेपाली गीतमा गरिन् आइटम डान्स, तस्विर सार्वजनिक (तस्विरसहित)

Posted on: 06 Dec, 2018

मङ्सिर २०, काठमान्डौ | बलिउडकी चर्चित आइटम गर्ल सन्नी लियोनले पछिल्लो पटक एक नेपाली सिनेमा ‘पासवर्ड’ मा नृत्य गरेका फोटोहरु सार्वजनिक भएका छन् ।

'पासवर्ड' मा समावेश ‘सन्नी हो नाम मेरो....’ बोलको गीतमा उनले गरेको आइटम डान्सका केही तस्विरहरु सार्वजनिक भएका हुन् ।


बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले गीतको निर्देशन गरेका छन् र अर्जुन पोखरेलले संगीत भरेका छन् | उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् ।

यो नेपाली सिनेमा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको दावी निर्माण पक्षको छ।

उक्त गीतमा सन्निलाई २ सय बढी डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्नीसँगै फिचर छन् ।


सिनेमाका निर्देशक सम्राट बस्नेतले पासवर्डको कथा र स्क्रिप्टले गरेको माग अनुसार नै आफ्नो सिनेमामा सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताएका छन् ।

दुई दर्जनबढी सिनेमामा द्वन्द्व निर्देशन गरेका सम्राटको लागि यो सिनेमा ठूलो पर्दाको डेब्यू निर्देशन हुनेछ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको सिनेमाको प्रदर्शन मिति भने तय भइसकेको छैन । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्।

एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी, अनुपबिक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रवीन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत मुख्य भूमिकामा छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!