नेपाल आइडलका निर्देशक बज्राचार्यको निर्देशनमा रहेको गीत ‘आंखाका जोर’ सार्वजनिक (भिडियो)

Posted on: 06 Dec, 2018

मङ्सिर २०, काठमाण्डौं | रिमा गुरुङ्ग 'होडा'को आवाजमा रहेको ‘आंखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ । सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । 

राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।

कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमासंग यो गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन,बज्राचार्यले थुप्रै नेपाली सिनेमा तथा म्युजिक भिडियोको सम्पादन गरिसकेका छन । 

हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!