श्रृंखलालाई साथ दिन परिवारसहित नेकपा नेताहरु बेइजिङ पुगे

Posted on: 07 Dec, 2018

मंसिर २१, काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार, आफन्तसहित नेकपाका सांसद र जिल्ला नेताहरु चीन पुगेका छन् ।

मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्यामा मिस वर्डको प्रतियोगिता भइरहेको छ ।


श्रृंखलाका पिता बिरोध खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद छन् भने आमा मुनु सिग्देल नेकपा मकवानपुरकी नेता तथा प्रदेशसभा सदस्य हुन् । उनीहरु दुबैजना अहिले चीन पुगेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा बिहीबार बेइजिङ पुगेकी छिन् ।

त्यसैगरी, तत्कालीन एमालेका मकनवानपुर जिल्ला सचिवालय सदस्य मदन दाहालसहित श्रृंखलाका काकाकाकी, मामामाइजू लगायत तत्कालीन एमालेका नेता कार्यकर्ताको करिब ४० जनाको समूह बेइजिङ पुगेको छ ।

आफन्त र नेकपाका नेताहरु तथा जनप्रतिनधिहरु सबै आ–आफ्नै खर्चमा बेइजिङ गएको पारिवारिक स्रोतको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!