फिल्म ‘एभेन्जर्स एन्डगेम'ले २४ घण्टामै तोड्यो सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड (भिडियो)

Posted on: 12 Dec, 2018

मङ्सिर २६, काठमाडौं | हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’को पहिलो ट्रेलरले रिलीज भएको २४ घण्टामा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोडेको छ । यही फिल्मको अघिल्लो भाग ‘एभेन्जर्स इनफिनिटि वार’ को रेकर्ड तोड्दै सवैभन्दा धेरै हेरिएको ट्रेलर बन्न सफल भएको हो ।    

डिसेम्बर ७ मा रिलीज भएको २४ घण्टामा २८९ मिलियन दर्शकले ट्रेलर हेरेका थिए । भने ‘एभेन्जर्स इनफिनिटि वार’ २४ घण्टामा २३० मिलियन दर्शकले हेरेका थिए । यो रेकर्ड सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबको भ्युजलाई जोडर तयार गरिन्छ ।

यसैगरी ‘एन्डगेम’ ले ट्विटरमा पनि सबैभन्दा धेरै मेन्सन भएको फिल्मको रेकर्ड तोडेको छ । यो फिल्मको ट्रेलरलाई ५४९००० मेन्सन गरिएको छ । एजेन्सी


यस बिषयमा तपाइको प्रतिक्रिया...!