राजेश पायलको दिल एक्सिडेन्ट् भएपछि... (हेर्नुहोस् भिडियो)

Posted on: 12 Dec, 2018

मंसिर २६, काठमाडौं | दिलासा क्रीयसनको ब्यानरमा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “एक्सिडेन्ट् भयो दिल यो” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश पायल राई र नित्या शिवाको आवाज रहेको छ । चलचित्र आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने भएको छ । 

युवा युवतीको प्रेम कथामा आधारित चलचित्रमा युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेस राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य ,सानू कुमार महर्जन को द्वन्द एस के अधिकारी र गणेश चौधरी को संगीत ,नित्याशिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेल को आवाज साहिल खानको सम्पादनमा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा, उद्दव गीरी र, प्रेम खड्काको अभिनय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!