नेपाली चलचित्र 'मदहोस' को गीत ‘ दिलको पिजडा’ सार्वजनिक (हेर्नुहोस्)

Posted on: 13 Dec, 2018

मंसिर २७, काठमाडौं । नेपाली चलचित्र मदहोस  को  ‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । 

एस के अधिकारिको गीत, बाबुल गिरिको संगीतमा नित्या शिवा र बाबुल कै आवाज रहेको छ | प्रीयन्का अधिकारी र दिपेन्द्र कोइरालाको फिचरिङ रहेको छ । सो गीत मा राजु शाहको नृत्य ,बिक्रम कार्की को छायांकन देव महर्जन को द्वन्द , रहेको छ ।  

मदहोस चलचित्रमा सन्तोष श्रेष्ठ ,कसिस दहाल ,राजु पौड्याल ,हेम लता घिमिरे को अभिनय रहेको मदहोस मा एस के अधिकारी को लेखन र निर्देशन रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज गर्ने लक्ष्य सहित पोस्ट को काम भएको निमार्ण पक्षले बताएको छ  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!