फिल्म‘क्याप्टेन’को गीत रिलिजको ८ घण्टामै युट्युबको ट्रेन्डिङ एकमा (भिडियो)

Posted on: 14 Dec, 2018

मङ्सिर २८, काठमाडौं | नेपालि फिल्म क्याप्टेन भित्र समावेश गरिएको ‘रहर छ सँगै...’ गीत युट्युब रिलिज भएको थियो । बिहिबार दिउँसो रिलिज भएको उक्त गीत युट्युबमा नम्बर १ मा पर्न सफल भएको छ |  अनमोल केसी र उपासना सिंह ठकुरीको फिचर्ड रहेको गीतले अहिले युट्युबमा आक्रामक हिट्स पाइरहेको छ । रिलिजको ८ घण्टामा नै उक्त गीतले नेपालको युट्युब ट्रेन्डिङको शिर्ष स्थान ओगटेको छ । 

अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेको गीतमाथि यो समाचार तयार पार्दासम्म साढे ३ लाख बढीको नजर परिसकेको छ । २१ हजार लाइक्स पाइसकेको गीतलाई साढे ३ हजार बढी कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले गीतलाई हलिउड/बलिउडसँग तुलना गरेका छन् । अनमोल र उपासनाको केमेस्ट्रीलाई उतिक्कै रुचाइएको छ । 

गीतमा अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ । दीवाकर भट्टराई निर्देशित फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका निर्माता भुवन केसी हुन् । कथा सामिप्यराज तिमल्सिनाको हो । उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । 

गीत हेर्नुहोस् :-


यस बिषयमा तपाइको प्रतिक्रिया...!