ठमेलमा ‘न्यू इयर र र क्रिसमस डे’मा बिशेष साङ्गीतिक कार्यक्रम हुने

Posted on: 21 Dec, 2018

पुस ६, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ । 

अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति साथमा ठमेलस्थित छायाँ सेन्टरमा क्रिशमस सेलिब्रेसन हुने भएको हो । सो कार्यक्रमा नेपाली तथा बिदेशी पाहुनलाई मनोरञ्जन दिन मंगोलियन हार्टका राजु लामासँगै स्वदेशी तथा विदेशी सांगितिक ब्याण्ड तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 






























नेपाली मोर्डन संस्कृतिको जगेर्नाका लागि छायाँ सेन्टर, ओजि लाउन्जले सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आयोजक दिनेश श्रेष्ठका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनको लागि काठमाडौको मुटु ठमेलमा नयाँ वर्ष तथा क्रिसमसलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । 

यही डिसेम्बर २४ अर्थात् पुस ९ गतेका दिन हुन लागेको कार्यक्रममा १८ सय देखि २ हजार स्वदेशी तथा विदेशी दर्शक आउने लक्ष्य आयोजकले लिएको छ । साथै टेबल सिटको अग्रिम बुकिङ पनि खुला भइसकेको छ । 

कार्यक्रममा दिपक ब्रज्राचार्यको बिशेष प्रस्तुति रहने छ भने अन्य कलाकारहरुले पनि आफ्नो प्रस्तुति राख्ने छन् । दिनेश श्रेष्ठकै आयोजना रहेको कार्यक्रलाई छाँया सेन्टर, ओजी लाउञ्ज, पोजेटिभ भाईबेस तथा नेपाल म्युजिकले सपोर्ट गर्ने भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!