नेपाल आइडल-२ को बिजेता बने रवि ओड, कसले के-के पुरष्कार पाए ?

Posted on: 21 Dec, 2018

पुष ६, काठमाडौं | एपीवान एचडी टेलिभिजन च्यानलबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को बिजेता सुदुर पश्चिममा रवि ओड बन्न सफल भएका छन् । नेपाल आइडल सिजन २ को फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए । 

बिजेता रवि ओडले होन्डाको गाडी, नगद २२ लाख, गोल्डेन ट्रफी र ओप्पो फोन प्राप्त गरेका छन् ।

त्यस्तै सिजन २ का फर्स्ट रनरअप बन्न सफल बिक्रम बरालले २० लाखको नगद चेक र गोल्डन ट्रफी प्राप्त गरे । 

नेपाल आइडल सिजन २ को सेकेन्ड रनर अप सुमित पाठक बन्न सफल भएका छन् । उनले ट्रफी र १२ लाख रुपयाँको नगद चेक प्राप्त गरेका छन् । 

त्यस्तै थर्ड रनरअप अस्मिता अधिकारी बन्न सफल भएकि छिन् । उनले होन्डा डियोको स्कुटर प्राप्त गरिन् ।


यसपटकको नेपाल आइडलको फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको थियो ।

नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य रहेका छन्।   जजमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटाले जज गरेका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!