इन्डियन आइडल सिजन १० को उपाधि सलमानले हात पारे

Posted on: 24 Dec, 2018

पुस ९, मुम्बई । सलमान अली इन्डियन आइडल सिजन १० को विजेता बनेका छन् ।

नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल भएका हुन् ।


अडियन्सको प्रिय रहेका सलमान प्रतियोगिता जित्नका लागि प्रबल दाबेदार रहेका थिए । हरियाणाको मेवाटबाट आएका सलमानले शुरुदेखि नै आफ्नो शक्तिशाली स्वरले सबैको मन जित्न सफल भएका थिए ।

सलमानले करिब दुई करोड भोट पाएका थिए ।

फाइनलमा जिरो चलचित्रको टोली शाहरुख खान, कटरिना कैफ र अनुष्का शर्माको पनि उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!