अर्जुन पन्तको 'कस्तो लोकतन्त्र' सार्वजनिक (भिडियो)

Posted on: 27 Dec, 2018

पुस १२, काठमाडौं | न्यू अन्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बि सिको आवाजमा मौलिक बास्तविक जनजिविकाको भोगाईमा आधारित  गीत “कस्तो लोकतन्त्र ”सार्वजनिक भएको छ । 

नेपालमा ब्याप्त भष्टचार , बलत्कार र आतंङको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा यम थापाको एरेन्ज , मान बहादुर बरालको मिक्सिङ रहेको छ । दिपक गिरीको छायाँकन, प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिम अर्जुन र ताराको अभिनय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!