दिपिका बनिन् रियालिटी शो बिग बस १२ की बिजेता

Posted on: 31 Dec, 2018
पुस १६, काठमाडौं | आइतबार राती बिग बस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बस १२ की बिजेता बनिन् ।
उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराएकी हुन् । पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो ।

तेस्रो नम्बरमा रहेका दीपक ठाकुरले २० लाख भारु लिएर कार्यक्रमबाट बाहिरिए ।
कलर्स टेलिभिजनबाट प्रसारण हुने सिरियल ‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका कक्कडको जीतले एक पटक पुनः प्रमाणित गरेको छ कि बिग बसको हट सिटमा ‘टेलिभिजनका बुहारी’ को दाबेदारी भारी पर्छ ।
दीपिका अघि शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीले बिग बसको ट्रफी जित्न सफल भए ।
एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!