अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन

Posted on: 01 Jan, 2019

पुस १७, काठमाडौं । प्रसिद्ध भारतीय हास्यकलाकार तथा अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन।

टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्‍धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ । 

एनडीटीभीका अनुसार उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए । अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म 'दाग' बाट फिल्मी दुनियाँमा डेब्यु गरेका थिए।

उनका ३०० भन्दा बढी फिल्म छन् । उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन्। अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको 'जवानी दिवानी' मा सम्वाद लेखेका थिए।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!