चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on: 07 Jan, 2019

पुस २३, काठमाडौं | भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा ‘समर लभ’ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको हो । सार्वजनिक ट्रेलरमा अतीत र सायाको माया प्रेम, रोमान्स र विछोड देखाइएको छ ।

यो सिनेमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । सिनेमाको निर्देशन मुस्कान ढकालले गरेका हुन् । 

सिनेमामा चर्चित उपन्यास ‘समर लभ’का लेखक सुबिन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुबिन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत तथा स्वर रहेको छ । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

सिनेमा‘समर लभ’नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमामा सरोज खनाल,सुरज सिंह ठकुरी, ओम प्रतिक,आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!