१२ वर्षमा पहिलो पटक एकैचोटी फ्लप भए बलिउडका चर्चित ३ अभिनेता

Posted on: 08 Jan, 2019

पुस २४, काठमाडौं | सन् २०१८ मा बलिउडका चर्चित अभिनेता सलमान खान, आमिर खान र शाहरुख खान खस्किएका छन् | वर्ष २०१८ मा तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेनन् । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो । तर यो रेकर्ड कमाईको मामलामा नभई सोसल मिडियामा ट्रोल भएका कारण स्थापित भयो । यो फिल्मको डायलगमात्र नभई प्रत्येक दृश्यको मीम्स इन्टरनेटमा मज्जाले भाइरल भयो । कमाईको कुरा गर्नुपर्दा फिल्मको पूरा कमाई भारु १६६.४० करोड रह्यो ।


सलमानपछि आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ का साथ पर्दामा आए तर दर्शकको अपेक्षा गरेअनुसार राम्रो हुन सकेन । बक्स अफिसरमा यो फिल्मले १५१.१९ करोडमात्र कमाउन सक्यो । वर्षको अन्त्यमा शाहरुख खान आए । उनको फिल्म ‘जिरो’ सँग दर्शकले निकै आशा गरेका थिए । तर फिल्मले दर्शकलाई प्रभावित गर्न सकेन । फिल्म अहिलेसम्म हलमा त छ तर कमाईको कुरा गर्नुपर्दा यसले अहिलेसम्म सय करोडको आँकडा पार गर्न सकेन । ‘जिरो’ ले अहिलेसम्म ८८.८५ करोडको कलेक्शन गरेको छ ।

यी तीनै फिल्म इद, दिवाली र क्रिसमसजस्ता छुट्टीको मौसममा रिलिज भएका थिए । तरपनि दर्शकलाई थिएटर्ससम्म तान्न असफल रह्यो । पछिल्लो १२ वर्षमा पहिलो पटक जब खान्सको फिल्म बक्स अफिसमा हिट हुन सकेन । यसअघि सन् २००६ मा धुम टु (८१ करोड), लगे रहो मुन्ना भाइ (७५ करोड), कृष (७२ करोड) ले बाजी मारेको थियो । यो वर्ष पनि यी तीनै खान शीष रेसबाट बाहिर छन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!