'बलापनको उमेर' पछि भाइरल भएकी समिक्षाको दोस्रो मार्मिक गीत सार्वजनिक (भिडियोसहित )

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौं | भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उमेर सानै भए पनि मिठो स्वर भएकि समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए । रिलिज भएको उक्त नयाँ गीत“वनमा काफल पाक्यो”मा समिक्षाले आवाज दिएकि छिन् | जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन् । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।

गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् । विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गीतलाई युट्युबमा अत्यधिक रुचाइएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!