'टोटल धमाल' को ट्रेलर सार्वजनिक, कयौं सिनले पेट मिची-मिची हसाउँछ (ट्रेलर हेर्नुस्)

Posted on: 22 Jan, 2019

माघ ८ काठमाडौँ | भारतीय कमेडी फिल्म 'टोटल धमाल' (Total Dhamaal) को ट्रेलर सार्वजनिक भएको छ । अजय देवगन (Ajay Devgn), अनिल कपूर (Anil Kapoor), माधुरी दीक्षित (Madhuri Dixit), रितेश देशमुख (Riteish Deshmukh), अरशद वारसी (Arshad Warsi), जावेद जाफरी (Javed Jaffrey), संजय मिश्रा (Sanjay Mishra) र महेश मांजरेकर (Mahesh Manjrekar) ले यस फिल्ममा महत्वपूर्ण भूमिका निभाएका छन् ।


2.50 मिनेटको ट्रेलर कमेडीले भरिएको छ । यस चलचित्रको कयौं सीन पेट मिची-मिची हसाउने खालको छ । फिल्मको कथावस्तु यस्ता मानिसको वरिपरी घुम्छ कि, जो ५० करोडको खजानाको खोजीमा निस्कन्छन । तर यस क्रममा कयौं रमाइलो ट्विस्ट हेर्न पाइन्छ । कोहि सिंहको चंगुलमा फस्छन् भने कोहि चिम्पान्जीको सामना गर्न पुग्छन, त्यस्तै कोहि सर्पको मुख नजिक पुग्छन् । ट्रेलरमा कयौं रमाइलो डाइलग्स पनि समावेस छन् ।

इन्द्र कुमार (Indra Kumar) को निर्देशनमा बनेको 'टोटल धमाल' को ट्रेलरमा २२ फेव्रुअरीमा रिलीज हुँदैछ । जुन २००७ मा आएको 'धमाल' को सिक्वेल हो, जसको दोश्रो पार्ट २०११ मा 'डबल धमाल' (Double Dhamaal) को नाममा रिलीज भएको थियो ।

हेर्नुहोस् Total Dhamaal को ट्रेलर 



यस बिषयमा तपाइको प्रतिक्रिया...!