नेपाल आइडलका सुरज थापाले बनाए ३ करोड नेपालीलाई रुवाउने यस्तो गीत( भिडियो सहित)

Posted on: 23 Jan, 2019

माघ ९, काठमाडौं | नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ ।  गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । 

ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै  पहिलो पटक  निर्देशनमा पाइला चालेका छन्  | पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा उतारेका छन् | लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् | गायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको  ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ | भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ |

गायक सुरज थापाकै शब्द, संगीत तथा  एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन । भिडियोमा कलाकारहरु मन बहादुर थापा (बाबा), कबी राम थापा (जेठा बाबा), दिल माया थापा (आमा), चन्द्र बहादुर थापा (दाजु), तारा थापा (बहीनी), आरुशी परीयार , बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरब थापा (भाई),जुनु थापा (छोरी),  मुख्य फिचर्ड रहेका छन् । 

हेर्नुस भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!