बद्री पंगेनीले अन्तर्वार्तामै १ लाख निकाले, राधिका हमाललाई २ लाखको पासो (भिडियो सहित)

Posted on: 24 Jan, 2019

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले प्रतिष्ठानको भवन निर्माणका लागी ब्यक्तिगत १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार एबिसी टेलिभिजनको कार्यक्रम इन्द्रेणी मार्फत उनले यस्तो घोषणा गरेका हुन् । साथै उनले प्रतिष्ठानमा रहेका अन्य सदस्यहरुलाई पनि ब्यक्तिगत रुपमा पनि सहयोग गर्न आग्रह गरेका छन् । 

‘हामी प्रतिष्ठानका सबै साथीहरु प्रतिष्ठानको भवन बनाउन दिनरात खटेका छौं, लगानी त हाम्रो छ नै तर पनि ब्यक्तिगत हिसाबले सानो सानो रकम जम्मा गरियो भने पनि सबैले जम्मा गर्दा ठुलो हुन्छ, सबैलाई आग्रह गर्दछु’ बद्रीले भनेका छन् । 


इन्द्रेणी कार्यक्रम रकेर्डको समयमा गएको तिहारमा प्रतिष्ठानले खेलेको देउसी भैलो कार्यक्रमबाट उठेको नगद ८ लाख ६६ हजार रुपैंया पनि भवन निर्माण समितिका कोषाध्यक्ष दीपक खड्कालाई हस्तान्तरण गरियो । भवन निर्माणका लागी अनुमानित ९० लाख रुपैंयाको आवश्यक परेको प्रतिष्ठानका अध्यक्ष पंगेनीले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!