'फुलको माला' मा कुबेर र ज्योतिको यस्तो रोमान्स (भिडियो सहित)

Posted on: 26 Jan, 2019

माघ १२, काठमाडौँ | गायक उर्गेन लामाको “फुलको माला" सार्बजनिक भएको छ | चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत म्युजिक भिडियोमा पुनरागमन भएका छन् | गायक उर्गेन लामाको नया गित “फुलको माला उनेर” को नया म्युजिक भिडियो मार्फत चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाईले भिडियोमा डेब्यु गरेकी छिन  |

गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् । लगभग दुइ दशक अघिदेखी साँगीतीक क्षेत्रमा लागेका उर्गेन लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् | केहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गीतको म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा छलांग मार्न पुनरागमन भएका छन् |

काभ्रेको सुन्दर गाउ तेमालमा छायांकन गरिएको म्युजिक भिडियो दर्शक श्रॊताको रोजाइमा पर्दै गएको छ | शब्द संगीत तथा स्वर गायक उर्गेन लामाको नै रहेको यस म्युजिक भिडियोलाइ गायक आफैले निर्देशन गरेका छन् भने छायाँकार ह्यारी महर्जनले छायांकन गरेका छन् | 

भिडियो हेर्नुहोस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!