रोहीत शेट्टीले सलमान खानसंगै 'एक्शन फिल्म' निर्माण गर्ने

Posted on: 29 Jan, 2019

माघ १५, काठमाडौं | बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ ।


फिल्म ‘सिम्बा’ रोहीत शेट्टीको यस अघिको फिल्म ‘सिंघम’ सिरिजको तेस्रो भाग हो । यस फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । यस फिल्मको सफलतासँगै रोहीत उनको अरु प्रोजेक्टको तयारीमा लागि सकेका छन् । 

रोहीत शेट्टीले फिल्म ‘सिंघम’ को चौथो सिरीज ‘सूर्यवंशी’ मा अभिनेता अक्षय कुमारलाई मुख्य अभिनेताको रुपमा लिइसकेका छन् । निर्देशक रोहीत शेट्टीले उनको नयाँ फिल्ममा अभिनेता सलमान खानलाई कास्ट गर्ने बताइएको छ ।

रोहीत सलमान खानका साथ फिल्म निर्माण गर्न चाहिरहेका छन् । जसमा उनलाई साजिद नाडियाडवालाले साथ दिनेछन् । रोहीत र साजिदलाई सलमान खानको ‘किक’ फिल्ममा रहेको देवीलाल सिंह ‘डेविल’ को भूमिका मन परेको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमले बताए अनुसार यो फिल्म एक्शनले भरपुर हुनेछ । अहिले सलमान खान फिल्म ‘भारत’ को छायांकनमा व्यस्त छन । त्यस पछि उनी फिल्म ‘दबंग ३’ को काम सुरु गर्नेछन् ।

रोहीत शेट्टी पनि अहिले फिल्म ‘सूर्यवंशी’ को छायाकंनमा व्यस्त छन् । यि सबै फिल्मको काम सकिए लगत्तै रोहीत र सलमानले नयाँ फिल्मको काम सुरु गर्ने बताइएको छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!