वरिष्ठ कलाकार बीएस राणाको निधन

Posted on: 01 Feb, 2019

माघ १८, काठमाण्डौ । वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँ चर्चित नेपाली ऐतिहासिक चलचित्र ‘बसन्ती’ मा गरेको अभिनयका कारण चिनिनुहुन्छ । साथै उहाँले ‘चिनो, लाहुरे, करोडपति, दक्षिणा, बलिदान, सेतोबाघलगायत दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ । 

राणा प्रधानमन्त्री पद्मशमशेरका नाती रहेका बीएले भारतको दार्जीलिङमा अध्ययन गर्नुभएको थियो । उहाँले बेलायत, मुम्बईलगायत ठाउँमा पनि रंगमञ्चमा नाटक खेल्नुभएको थियो । उहाँले केही वर्ष अघि कोर्टमार्शलमा अभिनय गर्नुभएको थियो । 

साथै टेलभिजन शृङ्खला ‘सिंहदरबार’ मा पनि उहाँको अभिनय रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!