यही फागुनमा बुबा बन्दै चक्लेटी नायक आर्यन सिग्देल

Posted on: 05 Feb, 2019

माघ २२, काठमाडौँ । चक्लेटी नायक भनेर चिनिने आर्यन सिग्देल छिट्टै पिता बन्दै छन् । 

आफ्नै फ्यानसंग ४ बर्ष अघि विवाह बन्धनमा बाधिएका सिग्देल छिट्टै बाबु बन्न लागेको खबर सार्वजनिक भएको हो । चार वर्ष पहिले प्रेमिका सपना भण्डारीसंग बिहे गरेका सिग्देल यही फागुनमा बुबा बन्न लागेको हुन् ।


अहिले चलचित्र 'हजार जुनी सम्म' को छायांकनका लागि सिक्किममा रहेका नायक सिग्देलले चलचित्रको छायांकन सकिएपछि श्रीमतीको सपनालाई समय दिनेछन् । प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब पहिलो सन्तान जन्माउदै छिन् । 


रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा सुर्खेत जिल्लाको गोठिकाडामा अगष्ट ५, १९८४ मा जन्मिएका नायक सिग्देलको एक बहिनी योसोदा न्यौपाने अहिले अष्ट्रेलिया छिन् । सुर्खेतबाट उनको परिवार काठमाडौँमा बसाइ सरेको थियो । 

उनीहरु मातापिता बन्ने खबर बाहिरिए पनि आर्यन र सपनाले भने अधिकारिक रुपमा यसको पुष्टि गरेका छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!