केटीहरुले घेरेपछि राजेश हमालको नाम लिएर भागे अनमोल केसी ! (भिडियो रिपोर्ट)

Posted on: 06 Feb, 2019

माघ २३, काठमाडौं । युवास्टार अनमोल केसीका कमेडी पाटोको बिषयमा धेरै दर्शकलाई थाहा नहुन सक्छ । अनमोल धेरै नबोल्ने नायक भनेर चिनिन्छन् । उनी कुनैपनि कार्यक्रममा थोरै तर मिठो बोल्छन् । उनी कत्तिको मजाक गर्छन् अथवा हाँसो ठट्टा गर्छन् भन्ने बिषयमा धेरैलाई थाहा नहुन सक्छ । 

केहिदिन अघि अनमोल केसी फुटबल खेलाडी बनेको चलचित्र क्याप्टेनको ट्रेलर रिलिज कार्यक्रममा उनका केहि ठट्यौली पनहरु देखियो जुन कुरा हेर्दा रोचक लाग्छ ।  

अनमोल सँग केटी फ्यानहरु फोटो खिच्न महिहत्ते गर्दैथे त्यसैबेला एक कमेडी शब्द बोलेर त्यहाँबाट फुत्त भागेका थिए । त्यहाँ भाग्नेबेला 'उ ..... राजेश हमाल' भन्दै फुत्तै कमेडी शैलीमा भागेका थिए ।  

यस्तै कार्यक्रम भित्र जब स्टेजमा अनमोल र दुई नायिका उपासना र प्रियंकालाई एक साथ बोलाइयो दुई नायिकाले नै स्टेजमा उनको हात समातेर लैजाने कोसिस गरे । अगाडी कुन साइडबाट लैजाने भन्ने बिषयमा दोदार पर्दा उक्त दृश्य पनि निकै रमाइलो देखिन्थ्यो । 

आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र क्याप्टेनको ट्रेलर सार्वजनिक भइसकेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!